Logo

अर्थ

सेयर कर्जामा २५ करोडको सीमा हट्यो



काठमाडौं । बैंकहरुले व्यक्तिलाई दिन पाउने सेयर कर्जा सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गर्दै २५ करोडको सीमा हटाएको हो ।

यसअघि अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको पूँजी बजार सुधार सुझाव कार्यदलले दिएको सुझाव कार्यान्वन गर्दै राष्ट्र बैंकले निर्देशन जारी गरेको हो ।

बैंकले सेयर खरिद गरेको एक वर्ष व्यतित भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था रहेकोमा यसलाई हटाइएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार ११:१०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।