Logo

अर्थ

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले रेकर्ड बनाएको छ । बिहीबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।

असोज १२ गतेदेखि नै सुनको मूल्य दैनिक रूपमा नयाँ उचाइमा पुगेको छ ।

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको चाँदी तोलाको २ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार ११:२३   :  बजे

243
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।