Logo

अर्थ

राष्ट्र बैंकले खारेज गर्‍यो दुई मनिचेञ्जरको इजाजत



काठमाडौं । राष्ट्र बैंकले दुई मनिचेञ्जरको इजाजतपत्र खारेज गरेको छ । निर्धारित समयमा नविकरण गर्न नसकेको भन्दै इजाजतपत्र खारेज गरेको हो ।

युनियन करेन्सी एक्सचेन्ज प्रा. लि. र के.टी.एम. ओम मनि एक्सचेन्ज प्रा.लि.को इजाजतपत्र खारेज गरेको हो ।

राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकोले इजाजतपत्र रद्द गर्ने निर्णय गरेको  हो ।

सो कम्पनीसँग कुनैपनि कारोबार नगर्न नगराउन सर्वसाधरणलाई राष्ट्र बैंकले आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १२:०६   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।