Logo

अर्थ

सुरक्षा निकायका प्रमुखहरूसँग गृहमन्त्री अर्यालद्वारा छलफल



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाका विषयमा आज चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेका छन् ।

छलफलमा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा सैनिक उच्च अधिकारीको सहभागिता थियो ।

समग्र देशको शान्ति सुरक्षाका विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १७:१०   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।