Logo

अर्थ

राष्ट्र बैंकले गर्‍यो सुन आयात कोटा वृद्धि, अब दैनिक २५ किलो ल्याउन पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक सीमा बढाएको छ । शुक्रबार राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक सीमा बढाएको हो।

नयाँ व्यवस्थाअनुसार, सुन आयातको दैनिक सीमा हालको २० किलोग्रामबाट बढाएर २५ किलोग्राम पुर्‍याइएको छ ।

त्यसैगरी, विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) सम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरिएको छ। अब नेपाली वा विदेशी नागरिक तथा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायतका विभिन्न प्रयोजनका लागि विदेशबाट प्राप्त हुने र फिर्ता गर्नु नपर्ने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित बेनेफिसियरीको खातामा जम्मा गर्दा दैनिक २५ लाख रुपैयाँसम्म (एकपटक वा पटकपटक) भुक्तानी गर्न सकिनेछ ।

पहिले यो सीमा २० लाख रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १३:००   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।