काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बोण्ड जारी गर्ने भएको छ । मन्त्रीपरिषद् बैठकले स्वीकृति प्रदान गरेसँगै प्राधिकरणलाई उर्जा बोण्ड जारी गर्ने बाटो खुलेको हो।
मन्त्रीपरिषद् बैठकका निर्णयहरू सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भने, ‘सर्तहरू पालना गर्नेगरि नेपाल विद्युत् प्राधिकरणको स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बोण्ड चरणबद्धरुपमा निष्काशन गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।’
प्राधिकरण उर्जा बोण्ड जारी गर्नका लागि यसअघि अर्थ मन्त्रालयबाट स्वीकृत पाइसकेको थियो ।




















प्रतिक्रिया