काठमाडाैं । थाइ एयर एसियाले असोज ३० (अक्टोबर १६)देखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बैंकक–भैरहवा–बैंकक रुटमा नियमित उडान थाल्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएसँगै एयरलाइन्सले सातामा दुई उडान गर्ने तयारी गरेको हो ।
यसअघि नियमित उडान थालेको थाइले केही समयपछि उडान रोकेको थियो । जाडोयाममा भिजिबिलिटी कम हुने समस्याका कारण भैरहवाबाट उडान गर्ने कतार, फ्लाइ दुबई, जजिरा, नेपाल एयरलाइन्सलगायतका कम्पनीहरूले पनि सेवा स्थगन गरेका थिए ।
अब फेरि थाइ एयर एसियाले उडान पुनः सुरु गर्न लागेको हो ।




















प्रतिक्रिया