Logo

अर्थ

राष्ट्र बैंकले घटायो एटीएम कार्डबाट हुने भुक्तानीको सिमा, अब दिनमा ५० हजार मात्रै निकाल्न मिल्ने



काठमाडौं ।  नेपाल राष्ट्र बैंकले एटीएम कार्ड (डेबिट कार्ड)बाट झिक्न सकिने रकमको सीमा घटाएको छ । एटीएम कार्डबाट एकपटकमा २० हजार रुपैयाँ र एक दिनमा ५० हजार रुपैयाँ, एक महिनामा ३ लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ ।

यसअघि प्रतिकारोबार २५ हजार रुपैयाँ, एक दिनमा एक लाख र एकमहिनामा ४ लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने व्यवस्था थियो ।

केन्द्रीय बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै यस्तो सीमा घटाएको हो ।

प्रिपेड कार्डमार्फत हुने भुक्तानीको सिमालाई भने यथावत राखिएको छ । प्रिपेडकार्ड मार्फत प्रति कारोबार १० हजार रुपैयाँ, एकदिनमा २० हजार र एक महिनामा २ लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने व्यवस्था छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १६:५२   :  बजे

573
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।