Logo

अर्थ

अब एटीएमबाट दैनिक ५० हजार मात्रै निकाल्न पाइने



नेपाल राष्ट्र बैंकले डेविट कार्डको प्रयोग गरी एटीएमबाट पैसा निकाल्ने सीमा घटाएको छ ।

राष्ट्र बैंकले भुक्तानी सम्बन्धी एकीकृत निर्देशन २०८१ लाई संशोधन गर्दै डेविट कार्डको प्रयोग गरी एटिएमबाट निकाल्ने पैसाको सीमा दैनिक एक लाखबाट ५० हजारमा सीमित गरेको हो ।

त्यस्तै मासिक ३ लाखसम्म निकाल्न पाउने व्यवस्थालाई पनि घटाएर दुई लाखमा सीमित गरेको छ । तर प्रिपेड कार्ड र क्रेडिट कार्डको सीमा भने यथावत् राखेको छ ।

प्रिपेड कार्डमा अहिले दैनिक २० हजार र क्रेडिट कार्डमा स्वीकृत सिमाको १० प्रतिशत रहेको व्यवस्था यथावत् छ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार २०:१५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।