काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ७० करोड रुपैयाँको ८.४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
जसमा ८ प्रतिशतले हुन आउने ५ करोड ५९ लाख ९३ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशतले हुन आउने २९ लाख ४७ हजार रुपैयाँबराबरको नगद लाभांश छन् ।
प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो कात्तिक २१ गते सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभाले अनुमोदन नगरेपछि लगानीकर्ताहरुले लाभांश पाउनेछन् ।
सोही सभाले बोनस शेयर वितरणपछि कायम हुने ७५ करोड ५९ लाख ९३ हजार रुपैयाँको ६० प्रतिशत हकप्रद सेयर जारी निर्णय विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।




















प्रतिक्रिया