Logo

अर्थ

सामसङ नेपालको आकर्षक अफर



काठमाडौं । सामसङ नेपालले आफ्नो बहुप्रतिक्षित तिहार क्याम्पेन ‘तिहारको मूड, सबै गुड’ घोषणा गरेको छ । यो अफरले नेपालभरका ग्राहकहरूलाई अद्भुत छुट र रोमाञ्चक लक्की ड्रमार्फत साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने अवसर प्रदान गर्दै तिहारलाई अझ विशेष बनाउनेछ ।

यो अफर आज असोज २६ देखि कार्तिक ३० गतेसम्म देशभरका अधिकृत सामसङ विक्रेताहरुमा लागू हुनेछ। यस अवधिमा ग्राहकहरूले सामसङका टिभी, फ्रिज र वाशिङ मेसिन मा आकर्षक छुटका साथ नयाँ भर्सनका उत्पादनहरू किन्न सक्नेछन्, जसले प्रकाशको यो पर्वलाई झनै उज्यालो बनाउनेछ।

त्यसैगरी, सामसङले InstaFinance सेवामार्फत ग्राहकहरूलाई ०५ ब्याजदरमा सजिलो EMI विकल्प उपलब्ध गराएको छ। यसका लागि केवल नागरिकता प्रमाणपत्र आवश्यक हुनेछ। साथै, पुराना टिभी वा होम अप्लायन्सहरू ArkoStore वा नजिकको अधिकृत सामसङ स्टोरमार्फत साट्दा रु ७,००० सम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार ११:४५   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।