Logo

अर्थ

सिटी होटलको हकप्रदमा आवेदन दिने आज अन्तिम माैका



काठमाडाैं । भदौ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सिटी होटलकाे ८० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । यसअनुसार कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १२:२७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।