Logo

अर्थ

तिहार पर्व नजिकिँदै गर्दा नगद आर्जनको स्रोत फूल



तिहार पर्व नजिकिँदै गर्दा यहाँका सर्वसाधारणलाई आफ्नै घरकरेसाको फूल नगद आर्जनको स्रोत बनेको छ ।

फूल खोज्दै हिँडेका व्यापारीले बैना रकम दिन थालेपछि यहाँका स्थानीय दङ्ग छन् । घर आँगनको शोभाका लागि रोपिएका केही बोट फूलबाटै नगद पाउन थालेपछि यहाँका गृहिणीले आम्दानी लिन थालेका हुन् ।

फूल लिन आउँदा अझै एक हजार दिने बोलकवोल व्यापारीले गरेका उनको भनाइ छ । ‘फूलबाट पैसा पाइएला भन्ने सोचेकै थिएन, अहिले घरमै आएर व्यापारीले पैसा दिँदैछन्’, हरिप्रियाकै छिमेकी रामवती चौधरी भने, ‘अहिले यही पैसाले मेरो बटुवा (कपडाको सुर्के थैली) धनी भएको छ ।’ आफ्नो घरआँगन र करेसाका करिब ६०–६५ बोट सयपत्री र १५–१६ वटा मखमली फूलबाटै दुई हजार प्राप्त गरेको उनले बताइन् । आगामी वर्षको दिपावली ताकालाई २०० बोट फूल फुलाउने चौधरीको धोको छ ।

मिथिलामा दीपावली थरिथरिका फूलका माला र जताततै झिलिमिली बत्तीको उज्यालोको पर्व मानिन्छ । यस पर्वमा मैथिल परम्पराका कागपूजा, लक्ष्मीपूजा, गोधन र भैयादुजसम्मका लागि चाहिने मालाको माग बढ्दै गएपछि फूल आम्दानीको स्रोत बनेको हो । पर्वअघि फूल खोज्दै बस्तीबस्ती पस्ने व्यापारीले सोचेभन्दा बढी मूल्य दिन थालेपछि हम्मेसी पैसा नपर्ने स्थानीय हौसिएका छन् ।

 

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार ०७:२५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।