Logo

अर्थ

राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच र इकोसिस्टमको प्रतिवेदन सार्वजनिक, सुझाव माग



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच र नेसनल पेमेन्ट इकोसिस्टमसम्बन्धी सन्दर्भ प्रतिवेदन सार्वजनिक गर्दै आगामी मंसिर १० भित्र सुझाव दिन आग्रह गरेको छ ।

डिजिटल भुक्तानी प्रणाली तीव्र गतिमा विस्तार भए पनि अझै एकीकृत पूर्वाधार र इन्टिग्रेसनमा चुनौती रहेको भन्दै, राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विचलाई समस्याको समाधान र डिजिटल भुक्तानीलाई प्रभावकारी बनाउन महत्वपूर्ण आधार मानेको छ ।

नेसनल पेमेन्ट स्विचले विभिन्न कार्ड र गैर-कार्ड खुद्रा भुक्तानी प्रणालीहरूबीच अन्तरआवद्धता सुनिश्चित गर्दै फण्ड ट्रान्सफर, बिल भुक्तानी, डिजिटल कारोबारलाई सहज बनाउने लक्ष्य राखेको छ ।

प्रतिवेदनअनुसार प्रणालीगत जोखिम घटाउने, सञ्चालन लागत कम गर्ने र सीमापार भुक्तानीमा पनि सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार ११:३०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।