Logo

अर्थ

‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ कार्यक्रम सार्वजनिक, प्रत्येक खरिदमा पल्सर जित्ने अवसर



काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालिले तिहार तथा छठ पर्वलाई लक्षित गरी ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक आकर्षक ग्राहक योजना सञ्चालन गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले टाटा जेन्युइन पार्ट्सको खरिदमा बम्पर उपहारमा बजाज पल्सर मोटरसाइकलसहित विभिन्न आकर्षक पुरस्कार जित्न सक्नेछन् ।

कम्पनीकाअनुसार दसैंमा सफलतापूर्वक सञ्चालन भएको यो योजना अब तिहार र छठ पर्वका लागि करिब दुई हप्तासम्म जारी रहनेछ ।

योजना अवधिभर टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स खरिद गर्ने ग्राहकहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।

योजनाअन्तर्गत विभिन्न खरिद रकममा विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ ।

बम्पर उपहार:
रु. १ लाखभन्दा बढीको खरिदमा एक जनाले बजाज पल्सर १५० सीसी मोटरसाइकल जित्न सकिने
रु. ७५ हजारभन्दा बढीको खरिदमा टिभिएस स्कुटर (१२५ सीसी)
रु. २५ हजारभन्दा बढीको खरिदमा स्मार्ट टिभी
रु. ५ हजारभन्दा बढीको खरिदमा स्मार्टफोन ।

साथै, हरेक खरिदमा ग्राहकले १,००० रुपैयाँसम्मको क्यासब्याक कुपन पनि निश्चित रूपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सिप्रदी अटोपार्ट्स नेपालका लागि टाटा मोटर्सद्वारा उत्पादित टाटा जेन्युइन पार्ट्सको एक मात्र आधिकारिक वितरक हो ।

सक्कली पार्ट्सको प्रयोगले गाडीको इन्जिन, ब्रेक, क्लचलगायतका महत्वपूर्ण अंगलाई टिकाउ बनाउने, मर्मत खर्च घटाउने र गाडीको समग्र प्रदर्शनमा सुधार ल्याउन मद्दत गर्ने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार १३:११   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।