काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफाबाट सेयर धनीहरूलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयर र नगद लाभांशको करसहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिने जनाइएको छ ।
बैंकको हाल ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ ५७ पैसा चुक्ता पुँजी रहेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी उन्नाइसौँ वार्षिक साधारण–सभाबाट पारित भएपश्चात बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय सतसट्ठी रुपैयाँ २२ पैसा कायम हुनेछ ।



















प्रतिक्रिया