काठमाडौं । नेपाल राष्ट्र बैंकले समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्सबीचको मर्जरलाई सैद्धान्तिक सहमति दिएको छ ।
केन्द्रीय बैंकले सोमबार (असोज २७ गते) पत्र पठाउँदै मर्जर प्रयोजनका लागि कार्यसम्पादन गर्न दुवै फाइनान्सलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो । दुवै कम्पनीबीच गत साउन ४ गते आपसमा मर्जर हुने सम्झौता भएको थियो ।
मर्जरपछि कम्पनीको चुक्तपुँजी, कर्जा लगानी, शाखा सञ्जाल, ग्राहक संख्याका साथै देशव्यापी गुणस्तरीय सेवा विस्तार हुने विश्वास दुवै कम्पनीको रहेको छ । समृद्धि फाइनान्सको २३औँ र पोखरा फाइनान्सको २७औँ वार्षिक साधारणसभाले दुवै कम्पनी मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो।



















प्रतिक्रिया