काठमाडौं । सानिमा बैंकको ३ लाख ३९ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ ।
बैंकको संस्थापक समूहको ३ लाख ३९ हजार ४८४ कित्ता सेयर बिक्रीमा राखिएको हो । यो सेयर यसअघि बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरिएकोमा निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो ।
बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले १५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिन सक्नेछन् ।
निवेदन काठमाडौंको नक्साल नारायणचौरस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ ।



















प्रतिक्रिया