काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ३ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ । केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो ।
यसका लागि असोज २९ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब ६४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४९ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १६ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ ।




















प्रतिक्रिया