काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको तिहारलक्षित सुनका असर्फी वितरण नगर्ने निर्णय गरेको छ ।
हरेक वर्ष तिहारको अवसरमा असर्फी तथा सिक्का वितरण गर्दै आएको राष्ट्र बैंकले यसपालि चाँदीका सिक्का (मेडालियन) मात्र बिक्रीमा ल्याउने भएको हो ।
टक्सार महाशाखाले सार्वजनिक गरेको सूचना अनुसार असोज २६ गतेदेखि चाँदीका लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको सिक्का बिक्री खुला गरिएको छ । प्रत्येक १० ग्राम तौलका यी मेडालियनको मूल्य ३ हजार रुपैयाँ तोकिएको छ ।
खरिदकर्ताले नागरिकताको फोटोकपी वा त्यसमा उल्लेखित नम्बर भएको वैध परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनु पर्नेछ ।




















प्रतिक्रिया