Logo

सुदूरपश्चिम प्रदेश

मल्लिकार्जुन गाउँपालिकामा लिफ्ट मार्फत खानेपानी



सुदुरपश्चिम क्षेत्र अन्तर्गत दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–८ शङ्करपुरको कोटिला र गोरेकाडाका बस्तीमा लिफ्टमार्फत खानेपानी पुर्याईएको छ । वर्षौदेखि घण्टौ हिँडेर कुवाको पानी खाइरहेका स्थानीयको लागि पहिलो पटक लिफ्टमार्फत गाउँमा खानेपानी पुर्याईएको हो ।

यी दुबै बस्तीलाई “कुवाको पानी ल्याउन एकदेखि डेढ घण्टा टाढा हिँड्नुपर्ने बाध्यता थियो । उच्च डाडोमा पानी ल्याउन पनि निकै कठिन थियो । स्थानीयले गाउँमा पानी आउला भनेर सोचका सम्म पनि थिएनन्”, स्थानीय कल्यानसिंह धामीले भने “वर्षौदेखि त्यही कुवाको पानी खायौं, छोरा नातीसम्म पनि यस्तै अवस्था रहन्छ कि भन्ने लागेको थियो, तर त्यस्तो अवस्था फेरियो ।

संघिय सरकारको विशेष समपुरक अनुदान र मालिकार्जुन गाउँपालिकाको सहयोगमा यी दुबै गाउँमा पहिलो पटक लिफ़्ट मार्फत खानेपानी पुगेपछि पूरै गाउँलेहरुले खुसि बनाएका छन् । “गाउँमा यसरी पानी आउँला भन्ने सोचेकै थिएनौं”, सुरेश धामीले भने, “अहिले एक करोड बजेटमार्फत दुवैबस्तीको लागि लिफ्टमार्फत खानेपानी पुगेको छ ।” कोटीला बस्तीमा खानेपानी पुगेपछि बिहीबार परीक्षण समेत गरिएको छ ।

झण्डै ५५० मिटर तलबाट सोलार लिफ्टमार्फत गाउँमा खानेपानी पुगेको छ । यसअघि यहाँका स्थानीयलाई एक गाग्री पानीकै लागि डेढ घण्टासम्म हिँडेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय पुष्पा सामन्तले जानकारी दिए । “घरको एक जनाको काम पानी ल्याउनमै ठिक्क हुन्छ”, उनले भने, “गाईवस्तु र घरको लागि पानी ल्याउन दिनभरी समय बिताउनुपर्छ ।” गाउँमा लिफ्टमार्फत खानेपानी पुगेपछि अहिलेसम्म खानेपानीको लागि भोग्दै आएको सपना पूरा हुने भएको छ । अहिलेसम्म गरेको दुःख अहिले सरकारले पूरा गरिदिएको स्थानीय सामन्तले बताए ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार १२:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।