Logo

अर्थ

बैंकिङ प्रणालीबाट ३५ अर्ब तान्दै राष्ट्र बैंक



काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलताको चाप यथावत रहेको छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले आज फेरि थप ३५ अर्ब रुपैयाँ तान्ने भएको हो ।

निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले ४ दिनको लागि थप ३५ अर्ब निक्षेप संकलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी कार्तिक २ गते हुनेछ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १०:५४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।