काठमाडौं । बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईंसहितका व्यक्तिहरु संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।
निर्वाचन आयोगमा बिहीबार दर्ता भएको गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्षमा प्रसाईं छन् । पार्टीको महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् । व्यावसायी बस्नेत भने सदस्य छन् ।
पार्टीको विधानमा पदाधिकारीहरु चुनाव नलड्ने व्यवस्था गरिएको छ । पदाधिकारी बाहेकका सदस्यले भने चुनाव लड्न पाउने छन् । नयाँ पार्टीमा सदस्य बनेसँगै बस्नेतले चुनाव लड्न सक्ने छन् । बस्नेत लगायतको ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा ५१७ नम्बरमा दर्ता भएको छ ।





















प्रतिक्रिया