Logo

समाचार

झिलिमिली बत्ती जडान गर्दा सावधानी अपनाउन विद्युत प्राधिकरणको अनुरोध



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दिपावली तथा छठ पर्वको अवसरमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विभिन्न चाडपर्वको अवसरमा आ-आफ्नो घर/कार्यालयलाई आकर्षक तथा झकिझकाउ बनाउन विभिन्न किसिमका सजावटयुक्त बत्तीहरुको प्रयोग गर्दा सावधानी नअपनाईएको कारण विद्युतीय दुर्घटना हुन गइ जनधनको क्षती हुन पुग्ने गरेको र त्यस्ता घटनामा गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ ।

२०८२ सालको दपावली तथा छठ पर्व हर्षोल्लासकासाथ मनाउने क्रममा त्यस्तो सम्भावित विद्युतीय दुर्घटना हुन नदिन सावधानी अपनाई विद्युतीय दुर्घटना यूनीकरणको लागि आवश्यक सहयोग गरिदिनुहुन प्राधिकरणले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १२:०१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।