Logo

प्रमुख समाचार

जनकपुरमा प्रहरी र व्यवसायीबीचको झडप: उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारी घाइते



काठमाडौं । जनकपुरमा व्यवसायी र प्रहरीबीचको झडपमा प्रहरीको लाठी प्रहारबाट जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् ।
भण्डारीको टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको छ । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।
आज साँझ जनकपुरको सोनारपट्टी स्थित संजय ठाकुरले केही दिन अघि सञ्चालन गरेको ज्वेलर्समा प्रहरीले छापा मार्न गएपछि व्यवसायीहरूले अवरोध गरेका थिए ।
त्यस क्रममा प्रहरी र व्यवसायीबीच झडप भएको थियो । प्रहरीले केही राउन्ड हवाई फायर र अश्रुसेल ग्यास समेत प्रहार गरेको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार २२:२०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।