Logo

प्रमुख समाचार

पूर्वसचिव डा.संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वसचिव डा.संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

एमआरआई मेसिन खरिदमा मिलेमतोको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो । उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा एमआरआई खरिद भएको थियो ।

करिब १४ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १३:०१   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।