Logo

प्रमुख समाचार

विपिन जोशीको शव घरमै पुर्‍याइयो



कैलाली । प्यालेस्टिनी लडाकु समूह ‘हमास’को नियन्त्रणमा रहँदा ज्यान गुमाएका विपिन जोशीको शव उनकै घर पुर्‍याइएको छ ।

सोमबार राति करिब सवा ८ बजे जोशीको शव धनगढी हुँदै भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलस्थित उनको घरमा पुर्‍याइएको हो । कैयौँ छिमेकी उनको शवको प्रतीक्षामा बसेका थिए ।

सोमबार लक्ष्मी पूजा तथा दीपावलीको दिन भए पनि विपिनको शव आउने भएपछि छिमेकीहरू दीपावली नै नगरी बसेका थिए । विपिनकाे अन्त्येष्टि मंगलबार गरिनेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार २०:५४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।