काठमाडौं । जेनजी आन्दोलनको अव्यवस्थित अवस्थालाई मौका बनाई ललितपुरस्थित पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा डाँका चोरी गर्ने भारतीय नागरिक सरोज आलमलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
१८ वर्षीय आलम भारतको बेतिया जिल्ला निवासी हुन् । उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।
शाक्यको ढोटल मार्गस्थित घरमा चोरी अभियोगमा आलमसँगै पक्राउ परेका काभ्रेका फुर्साङ लामा, बाराका सहजाद मिया मंसुरी र रौतहटका मनिष सुनारलाई भने धरौटीमा रिहा गरिएको छ। लामा ६० हजार, मंसुरी र सुनार जनही ३०/३० हजार धरौटीमा छुटेका हुन् ।
शाक्यको घरको ग्राउन्ड फ्लोरमा रहेको ‘रेष्टलस’ नामक एनजीओ कार्यालयबाट केही डलर, विभिन्न पदकहरू, सुनचाँदीका गहना, सिक्का, मोबाइलसहित १६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका सामग्री चोरी भएको प्रहरीले जनाएको छ।




















प्रतिक्रिया