Logo

प्रमुख समाचार

जेनजी आन्दोलनको अवसरमा हितेन्द्रदेव शाक्यको घरमा चोरी, भारतीय नागरिक जेल चलान



काठमाडौं । जेनजी आन्दोलनको अव्यवस्थित अवस्थालाई मौका बनाई ललितपुरस्थित पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा डाँका चोरी गर्ने भारतीय नागरिक सरोज आलमलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

१८ वर्षीय आलम भारतको बेतिया जिल्ला निवासी हुन् । उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।

शाक्यको ढोटल मार्गस्थित घरमा चोरी अभियोगमा आलमसँगै पक्राउ परेका काभ्रेका फुर्साङ लामा, बाराका सहजाद मिया मंसुरी र रौतहटका मनिष सुनारलाई भने धरौटीमा रिहा गरिएको छ। लामा ६० हजार, मंसुरी र सुनार जनही ३०/३० हजार धरौटीमा छुटेका हुन् ।

शाक्यको घरको ग्राउन्ड फ्लोरमा रहेको ‘रेष्टलस’ नामक एनजीओ कार्यालयबाट केही डलर, विभिन्न पदकहरू, सुनचाँदीका गहना, सिक्का, मोबाइलसहित १६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका सामग्री चोरी भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलवार १४:०५   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।