काठमाडौं । महाराजगन्जमा प्रहरीमाथि भएको आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो ।
पक्राउ पर्नेमा सोम गुरुङ, राजीव गुरुङ, युनिक श्रेष्ठ, सुमित तितुङ र दीपक मगर छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको भद्रकालीस्थित हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि नै सो घटनामा संलग्न ४ जना युवराज क्याप्छाकी, सोनाम तामाङ (बुद्धिलाल थिङ), होमप्रसाद पौडेल र टिकाराम बिक — पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार हाल पक्राउ परेकामाथि थप अनुसन्धान गरी पूरक प्रतिवेदन अदालतमा पेश गरिनेछ ।




















प्रतिक्रिया