काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विवादित खगेन्द्र सुनारलाई मन्त्री बनाउन लागेको खबर सार्वजनिक भएपछि आलोचना चर्किएको छ ।
सुनारविरुद्ध सुर्खेत र काभ्रे जिल्ला अदालतले अलग–अलग मुद्दामा पक्राउ पुर्जी जारी गरेका थिए । सुर्खेतमा स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात, काभ्रेमा विद्युतीय कारोबार (अशोभनीय पोस्ट) सम्बन्धी मुद्दा दर्ता छन् ।
सुनारले अधिवक्ता मनिषा गौतमविरुद्ध फेसबुकमा अपशब्द लेखेका थिए । उनले गौतमको फोटो र नम्बर सार्वजनिक गर्दै अपमानजनक टिप्पणी गरेका थिए ।





















प्रतिक्रिया