Logo

प्रमुख समाचार

मन्त्री बन्न लागेका खगेन्द्र सुनारविरुद्ध जारी भएको थियो पक्राउ पुर्जी, महिला अधिवक्ताविरुद्ध लेखेका थिए अपशब्द



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विवादित खगेन्द्र सुनारलाई मन्त्री बनाउन लागेको खबर सार्वजनिक भएपछि आलोचना चर्किएको छ ।

सुनारविरुद्ध सुर्खेत र काभ्रे जिल्ला अदालतले अलग–अलग मुद्दामा पक्राउ पुर्जी जारी गरेका थिए । सुर्खेतमा स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात, काभ्रेमा विद्युतीय कारोबार (अशोभनीय पोस्ट) सम्बन्धी मुद्दा दर्ता छन् ।

सुनारले अधिवक्ता मनिषा गौतमविरुद्ध फेसबुकमा अपशब्द लेखेका थिए । उनले गौतमको फोटो र नम्बर सार्वजनिक गर्दै अपमानजनक टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार १२:५६   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।