ललितपुर । इमाडोलस्थित किष्ट अस्पताल सुत्केरीको मृत्युपछि आइतबार तनावग्रस्त बनेको छ । खोटाङकी ३४ वर्षीया मिनाश्री राईको प्रसूति क्रममा शुक्रबार राति मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरवाही भएको आरोप लगाउँदै अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शन उग्र बनेपछि प्रदर्शनकारीले अस्पतालको गेट तोडफोड र ढुंगामुढा गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको छ ।
अहिले अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
आफन्तहरूले ‘किष्ट अस्पताल बन्द गर, दोषीलाई कारबाही गर, मिनाश्री राईलाई न्याय दे’ भन्ने नारासहित प्रदर्शन गरेका छन् ।




















प्रतिक्रिया