Logo

प्रमुख समाचार

किष्ट अस्पतालमा सुत्केरीको मृत्युपछि तनाव, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार



ललितपुर । इमाडोलस्थित किष्ट अस्पताल सुत्केरीको मृत्युपछि आइतबार तनावग्रस्त बनेको छ । खोटाङकी ३४ वर्षीया मिनाश्री राईको प्रसूति क्रममा शुक्रबार राति मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरवाही भएको आरोप लगाउँदै अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शन उग्र बनेपछि प्रदर्शनकारीले अस्पतालको गेट तोडफोड र ढुंगामुढा गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको छ ।

अहिले अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

आफन्तहरूले ‘किष्ट अस्पताल बन्द गर, दोषीलाई कारबाही गर, मिनाश्री राईलाई न्याय दे’ भन्ने नारासहित प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार १४:४६   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।