काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडकी स्वतन्त्र सञ्चालक विजया स्वारको चार वर्षे पदावधि समाप्त भएको छ । बैंकका अनुसार उनको कार्यकाल २०८२ साल कार्तिक ९ गतेबाट सकिएको हो ।
२०७८ कार्तिक १० गते बैंकको सञ्चालक समितिको ५१२औं बैठकको निर्णयबाट स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएकी थिइन् । नियम अनुसार ४ वर्षको कार्यकाल पूरा भएपछि उनको पद स्वतः रिक्त भएको बैंकले जनाएको छ ।




















प्रतिक्रिया