Logo

समाचार

जेनजी आन्दोलनमा ध्वस्त ट्राफिक कन्ट्रोल रुम पुन: सञ्चालनमा



काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते ध्वस्त भएको ट्राफिक प्रहरी कन्ट्रोल रुम पुन: सञ्चालनमा आएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पुनर्निर्माण गरेको कन्ट्रोल रुम मंगलबार एक समारोहबीच ट्राफिक प्रहरीले पुन: प्रयोगमा ल्याएको हो ।

एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष मनोजकुमार श्रेष्ठले कन्ट्रोल रुमको चाबी प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीलाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार १२:३२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।