Logo

धर्म / संस्कृति

छठका लागि सजावट गरिएको पोखरी, ताल र नदी किनारमा सफा गरियाे



सूर्य उपासना, स्नान, व्रत र भजनसङ्गीतसँग जोडिएको पर्व छठ श्रद्धा र भक्तिभावका साथ सकिएसँगै काठमाडौँ महानगरपालिकाले सरसफाइको काम पनि सम्पन्न गरेको छ ।
उक्त पर्व सम्पन्न भएसँगै छठ घाट निर्माणका लागि प्रयोग गरिएको सामग्रीहरू पोखरी, दह तथा नदी किनारमा विशेष सरसफाइ कार्य गरिएको कामपा प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।    यस वर्षका लागि कामपाले महानगरभित्र कमलपोखरी (वडा १०, गौरीघाट (वडा ७ र ८०, बोक्सी दह(वडा १४), बागमती दोभान (वडा ३२), टङ्केश्वर (वडा १३), बल्खु कुमारी क्लब अगाडि (वडा १४), कुलेश्वर भलिबल ग्राउन्ड (वडा १४), रामघाट (वडा २०) र बालाजु २२ धारा (वडा १६) गरी नौ वटा घाटलाई मुख्य उपासनास्थलका रूपमा तयारी गरेको थियो ।
तीनै स्थानमा स्वच्छता कायम गर्न महानगरले विशेष सरसफाइ गरिसकेको  काफ्लेले जानकारी दिए। कामपाका गरका सफाइ कर्मचारी र महानगर प्रहरी परिचालन गरी पोखरी, ताल र नदी किनारमा रहेका फोहर पूर्ण रूपमा हटाइएको छ ।
सूर्य उपासनाको यो पर्व भव्य र सुरक्षित वातावरणमा सम्पन्न गराउन महानगरले यसअघि नै व्यापक तयारी गरेको थियो । जनप्रतिनिधिको नेतृत्वमा स्थानीय सङ्घसंस्था, क्लब र सरोकारवालासँग समन्वय गरी उपासनास्थलमा सरसफाइ, उज्यालो, सुरक्षा र अन्य आवश्यक व्यवस्थाको तयारी गरिएको थियो ।
छठ पर्वलाई आस्था, समर्पण र पारिवारिक एकताको प्रतीकका रूपमा लिइन्छ । आमाको ममता, परिवारको समर्पण र सामाजिक उज्यालो संस्कारको पहिचान बोकेको यो पर्वले शान्ति, समृद्धि र सन्तान सुखको कामना गर्ने धार्मिक विश्वास स्थापित गरेको पाइन्छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार १९:४१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।