Logo

समाचार

दुर्गा प्रसाईंलाई आन्दोलन शान्तिपूर्ण राख्न मानव अधिकार आयोगको सुझाव



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मंसिरमा आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाईंलाई आन्दोलन शान्तिपूर्ण राख्न सुझाव दिएको छ।

बुधबार आयोगले प्रसाईंसँग छलफल गरी हिंसात्मक गतिविधिबाट टाढा रहन आग्रह गरेको हो। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार विगतका जेन–जी र राजावादी आन्दोलन हिंसात्मक भएकाले यसपटक मानव अधिकार उल्लंघन हुन नदिन आयोग सचेत रहन लागेको हो।

वार्तापछि प्रसाईंले पनि आफूले घोषणा गरेको मंसिर ७ को आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने बताएका छन्। उनले सरकार र बालेन साहप्रति आलोचना गर्दै “व्यवस्था परिवर्तनका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रने” बताए।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार १६:१३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।