बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको आज उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा सुनुवाइ हुँदैछ।
न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा सुनुवाइ हुने मुद्दा यसअघि एउटै प्रकृतिको ठहर गर्दै दुवैको फाइल एकसाथ राख्न आदेश गरिएको थियो।
लामिछाने र जोशी दुबैजनाले आफ्नो भागको बिगो रकम बराबर बैंक जमानत पेस गरी थुनामुक्त हुन माग गरेका छन्। तर, उनीहरूको भागमा कति बिगो कायम हुने स्पष्ट नभएकाले अदालतले यसअघि रिहा नगर्ने आदेश दिएको थियो।
हाल लामिछाने ललितपुरको नख्खु कारागारमा र जोशी भैरहवा कारागारमा रहेका छन्।




















प्रतिक्रिया