Logo

प्रमुख समाचार

बेमौसमी वर्षाका कारण भित्र्याउने बेला भएको धान खेतमै पसारो



लगातारको वर्षाका कारण भित्र्याउने बेला भएको धान खेतमा ढल्न थालेपछि सिरहाका किसान चिन्तित बनेका छन् । बङ्गालको खाडीबाट विकसित ‘मोन्था’ चक्रवातका कारण भएको बेमौसमी वर्षाले पाक्नै लागेको धानमा क्षति पुगेपछि आफूहरू मर्कामा परेको किसानको गुनासो छ ।

गोलबजार –९ का किसान रामपुकार कामतीले सुरुमा खडेरीले रोपाइँमा समस्या पारेको भन्दै अहिले भित्र्याउने बेला झरीले धानबाली नष्ट गरेकामा चिन्ता व्यक्त गरे । उनले भने, “रोप्ने बेलामा खडेरीको मारमा परियो । जसोतसो धान रोपियो । तर भित्र्याउने बेलामा बेमौसमी वर्षाको मारमा परेका छौँ । दुःख गरेर खेती गर्छौैँ, तर प्रकृतिले साथ दिँदैन ।”

कर्जन्हा नगरपालिका–३ बन्दीपुरका जितेन्द्र यादवले बेमौसमी वर्षाले किसानमाथि बज्रपात भएको गुनासो गरे । उनले स्किलले एक हप्तापछि भित्र्याउन सकिने धानलाई पानीले क्षति गरेको उल्लेख गर्दै तत्काल क्षतिको मूल्याङ्कन गरी किसानलाई राहत उपलब्ध गराउन सरोकार भएका निकायसँग माग गरे ।

साउनको दोस्रो सातासम्म वर्षा नहुँदा किसानले बोरिङ र जेनेरेटरको पानीले रोपाइँ गरेका थिए । यहाँस्थित कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार यसपटक खडेरीका कारण ८८ दशमलव १७ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार २१:०१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।