Logo

अर्थ

माछापुच्छ्रे बैंकको खुद नाफा झन्डै ५० करोड, प्रतिसेयर आम्दानी १३.८३ रुपैयाँ



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्षको  प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार तीन महिनाको अवधिमा बैंकले ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको यसै अवधिसम्म बैंकले ५० करोड ३२ लाख रुपैयाँ कमाएको थियो। बैंकको सञ्चालन नाफा घट्दा नाफा प्रभावित भएको हो। बैंकको सञ्चालन नाफा ९९ करोड ९८ लाख रुपैयाँबाट ४०.१५ प्रतिशतको गिरावट सहित ५९ करोड ८४ लाख रुपैयाँमा सिमित भएको छ ।

बैंकले गत आवको असोज मसान्तसम्म १ अर्ब ४८ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष १.६० प्रतिशतले घटेर १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँमा सिमित भएको छ ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १६.६६ रुपैयाँबाट घटेर १३.८३ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५४.६० रुपैयाँ कायम भएको छ ।

बैंकले १ खर्ब ४८ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेर १ खर्ब ९३ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब ६ करोड ५६ लाख रुपैयाँबाट घटेर ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक भएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार ११:०३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।