Logo

अर्थ

सिद्धार्थ बैंकले कमायो ३२ करोड ४० लाख खुद नाफा



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार बैंकले तीन महीनामा ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको खुद नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १५.१७ प्रतिशत कमी हो । गत आर्थिक वर्ष कम्पनीको मुनाफा ३८ करोड २० लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन नाफा ५३ करोड ९५ लाख रुपैयाँबाट घटेर साढे ५०करोडमा सिमित भएको छ । असोज मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब १६ करोड २५ लाख रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ३.८० प्रतिशत रहेको छ ।

कम्पनीको चुक्तापूँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा १ अर्ब ८३ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ६१ करोड रुपैयाँमा छ ।

असोजमसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १०.६४ रुपैयाँबाट घटेर ९.०३ रुपैयाँमा पु्गेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने २१८.०५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार ११:५७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।