Logo

अर्थ

एमएडब्लू वृद्धिद्वारा देशभर १४० भन्दा बढी फास्ट चार्जिङ स्टेसन सञ्चालन



काठमाडौं । एमएडब्लू वृद्धिले नेपालभर विद्युतीय सवारी (ईभी)को विकासलाई तीव्र बनाउँदै १४० भन्दा बढी सीसीएस टू फास्ट चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ। ईभी प्रयोगकर्ताहरूलाई सहयोग पुर्‍याउने र देशभर दिगो यातायातलाई प्रवर्द्धन गर्ने क्रममा कम्पनीको यो उपलब्धि महत्वपूर्ण मानिएको छ।

कम्पनीले यसै वर्षको अन्त्यसम्म थप १०० भन्दा बढी फास्ट चार्जिङ स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ, जसले ईभीधनीहरूका लागि प्रमुख सहर, राजमार्ग र ग्रामीण क्षेत्रमा ईभी यात्रा सहज बनाउने कम्पनीको भनाई छ। चार्जिङ नेटवर्कले पूर्व-पश्चिम राजमार्ग, प्रमुख पर्यटन मार्गहरू र नाका क्षेत्र जस्ता रणनीतिक स्थानहरूलाई समेटेको छ, जसले २४/७ पहुँच र भरपर्दो सेवा सुनिश्चित गर्छ।

एमएडब्लू वृद्धिका मार्केटिङ तथा चार्जिङ पूर्वाधार प्रमुख प्रकाश सुवेदीले भने, ‘हाम्रो लक्ष्य भनेको सबैका लागि सहज, स्वच्छ र भरपर्दो इलेक्ट्रिक मोबिलिटी सुनिश्चित गर्नु हो।’

चार्जिङ स्टेसनहरूमा धेरै ब्राण्डका ईभीले प्रयोग गर्न मिल्ने फास्ट सीसीएस टू चार्जरहरू छन्। ग्राहकहरूले ‘MAW Speed Chargers’ एप प्रयोग गरेर नजिकको चार्जिङ स्टेसन सजिलै पत्ता लगाउन सक्छन्।

एमएडब्लू वृद्धिको बढ्दो चार्जिङ नेटवर्कले ईभी चालकलाई रेन्ज आत्मविश्वास बढाउँछ र व्यक्तिगत तथा व्यावसायिक प्रयोगकर्ता बीच ईभीको स्वीकार्यता बढाउन सहयोग गर्छ। निरन्तर विस्तार भइरहेको यो पूर्वाधारले नेपालकै सबैभन्दा ठूलो र भरपर्दो ईभी चार्जिङ नेटवर्क निर्माण गर्ने कम्पनीको दीर्घकालिन दृष्टिकोणलाई प्रष्ट पार्दछ।

एमएडब्लू वृद्धिका मार्केटिङ तथा चार्जिङ पूर्वाधार प्रमुख प्रकाश सुवेदी भन्छन्, “हामी देशभरका पहुँचयोग्य र गुणस्तरीय चार्जिंग स्टेसनहरूमार्फत्नेपालको ईभी विकासमा योगदान दिन पाउँदा गर्व गर्छौं। हाम्रो लक्ष्य भनेको सबैका लागि सहज, स्वच्छ र भरपर्दो इलेक्ट्रिक मोबिलिटी सुनिश्चित गर्नु हो।”

यो अभियान नेपाल सरकारले अघिसारेको ईभी प्रवर्द्धन लक्ष्य र दिगो यातायात विकास सम्बन्धी योजना सँग निकट छ। भरपर्दो ईभी चार्जिङ पूर्वाधारमा लगानी गरेर एमएडब्लू वृद्धिले इको-फ्रेन्डली मोबिलिटीलाई सशक्त बनाउँदै नेपाललाई ग्रीन र स्मार्ट भविष्य तर्फ अघि बढाइ रहेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १४:१४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।