काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता कार्य सहज र छिटो बनाउन सरकारले निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
अन्तिम मिति कात्तिक ३० गते नजिकिँदै गर्दा देशभरका दर्ता केन्द्रमा भीड बढेपछि सरकारले कार्यसमय बढाउने र आवश्यक परे म्याद पुनरावलोकन गर्ने सुझाव दिएको हो ।
दर्ता प्रक्रियामा जनशक्ति अभाव, प्राविधिक समस्या र सेवाग्राहीको लामो प्रतीक्षा जस्ता समस्या देखिएको छ। प्री–इनरोलमेन्ट फारममा मतदान केन्द्र छनोट गर्न नसकिने र नागरिकता नम्बर प्रविष्ट गर्दा सिस्टमले अस्वीकार गर्ने समस्या पनि बढेको छ ।
सरकारले आवश्यक परे अतिरिक्त कर्मचारी परिचालन र राष्ट्रिय परिचयपत्रको तथ्यांक प्रयोग गर्न कानूनी तयारी अघि बढाउन निर्देशन दिएको छ । गृहमन्त्रालयलाई पनि यसबारे आवश्यक सहजीकरण गर्न बोधार्थ पठाइएको छ ।




















प्रतिक्रिया