Logo

शेयर बजार

शेयर बजारमा सामान्य वृद्धि, ३ अर्ब ६२ करोडको कारोबार



काठमाडौं । आज शेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ को विन्दुमा बन्द भएको छ ।

आज ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोडको शेयर कारोबार भएको छ । आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै साहस ऊर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३२ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शाइन रेसुङगा डिबेञ्चर र बन्दीपुर केबलकारका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । माबिलुङ र सागर डिष्टिलरीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै नेपाल एसबिआई डिबेञ्चर २०८३ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार १५:१६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।