Logo

प्रमुख समाचार

सरकार र मेलम्चीका स्थानीयबीच सहमति



खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच सहमति जुटेको छ।

पटक–पटकको आन्दोलनमा भएको सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयले पानी पथान्तरण बन्द गरेका थिए।

त्यसपछि खानेपानी मन्त्रालयले वार्ताको आह्वान गरेको थियो। पटकपटकको वार्ता विफल भए पनि मंगलबार राति भएको वार्ताले भने सहमति जुटाएको हो।

सहमतिसँगै रोकिएको पानी पथान्तरण गरिने भएको छ। साथै, संघर्ष समितिका सबै आन्दोलन स्थगित भएका छन्।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार २३:१०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।