Logo

खेलकुद

एनपीएल स्टार टीभीबाट पनि प्रसारण हुने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट भारतीय टीभी स्टार र नेपाली दुवै टीभीबाट प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ क्यान स्रोतका अनुसार भारतीय स्टार टेलिभिजनले पनि खेल प्रसारण गर्ने हिजोमात्र टुंगो लागेको छ ।

क्यानले नेपालभित्र एक्सक्लुसिभ अधिकार हुने नेपाली टेलिभिजनहरुबाट प्रसारण अधिकारका लागि टेण्डर आह्वान गरेको भए पनि अब नेपाली टीभीले एक्सक्लुसिभ अधिकार नपाउने भएका हुन् ।

यसैगरी क्यानले मोबाइल एपबाट पनि एनपीएलका सबै खेलहरु हेर्न पाइने गरी प्रसारण अधिकार बिक्री गर्न लागेको छ । ती एपमा दर्शकले पैसा तिरेरमात्र खेल हेर्न पाउने छन् ।

क्यानले गत वर्ष नेपालभित्र युट्युबबाट पनि खेल प्रसारण गरेको थियो । तर, यस वर्ष भने युट्युबमा दर्शकले खेल हेर्न पाउने छैनन् ।

एनपीएल आगामी मंसिर १ गतेदेखि सुरु भएर २७ गते समापन गर्ने तालिका छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार ११:२६   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।