काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकले अनलाइनमार्फत मात्र प्रि-रजिष्ट्रेसन गरेपछि मतदाता नामावलीमा नाम दर्ता हुने व्यवस्था गर्ने तयारी अघि बढाएको छ ।
हाल मतदाता नामावली दर्ताका लागि नागरिक निर्वाचन कार्यालयमा लामो समय लाइन बस्नुपर्ने, भिडभाड बढेको र पालो पाउन मुस्किल परिरहेको अवस्था छ । यस्तो समस्या समाधानका लागि सरकारले राष्ट्रिय परिचयपत्रका लागि लिइएको बायोमेट्रिक विवरणलाई निर्वाचन आयोगको मतदाता नामावली दर्ता प्रणालीसँग जोड्ने तयारी गरेको हो ।
विभागले राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली र निर्वाचन आयोगको मतदाता दर्ता प्रणालीबीचको प्राविधिक आबद्धता परीक्षणसमेत पूरा गरिसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले नेपाल प्रेससँग बताए ।




















प्रतिक्रिया