प्रधानमन्त्री सुशीला कार्की सहित सरकारका १० मन्त्रीले आ–आफ्नो सम्पत्ति विवरण बुझाएका छन्। सम्पत्ति विवरण बुझाउने संवैधानिक र कानुनी दायित्वअनुसार मन्त्रीहरूले मिति भित्रै आफ्नो आर्थिक अवस्था सार्वजनिक गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।
कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीका अलावा परराष्ट्र, रक्षा, खानेपानी, महिला–बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति–पर्यटन तथा नागरिक उड्डयन, श्रम–रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका जिम्मेवारी सम्हालिरहेका मन्त्रीहरूले सम्पत्ति विवरण पेस गरेका छन्।
अर्थ तथा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा–जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग–वाणिज्य तथा आपूर्ति, कानुन–न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, शिक्षा–विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुन, कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा गौतम तथा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको विवरण पनि प्राप्त भएको कार्यालयले जनाएको छ।




















प्रतिक्रिया