Logo

प्रमुख समाचार

आज देशभरको मौसम सफा रहनेछ



काठमाडौं । केही स्थानमा बदली भए पनि आज देशभरको मौसम सफा रहनेछ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहँदा मौसम सफा रहने भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति देशभर मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार ०८:१३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।